लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडौँ

मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई आज सम्मान गरेको छ ।

यसरी सम्मानित हुनेमा डम्बरकुमारी तिमिल्सिना, निर्मला बराल, राधादेवी शर्मा चालिसे, जमुना खत्री, सुष्मा रञ्जित, उर्मिला भण्डारी, रेखा अर्याल, गङ्गा खड्का, लिलामाया ढकाल, शान्ता अर्याल, केशव कडेल, सिर्जना शर्मा रेनुका आचार्य रहेका छन् ।

सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याएवापत अग्रज महिलाहरुलाई सम्मान गरिएको कुञ्जका सम्पादक टङ्क पन्तले जानकारी दिए । उक्त कार्यक्रममा आमाका विषयमा तयार पारिएको नाटकसमेत प्रस्तुत गरिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया