कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कार्की नियुक्त

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
विराटनगर

कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएको छ । कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भएको हो ।

उनी झापा निर्वाचन क्षेत्र ५ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएको हो । उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएको हो ।

हस्ताक्षरको समयमा जनता समाजवादी पार्टीका निर्मला लिम्बुको पनि उपस्थिति थियो ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले आजै शपथ लिनु हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया