क्रोएसियाको पोरेस(porec)मा पनि टेलिमच (telemach) को ८० वटा नि:शुल्क सिम बाँड्न सुरु गरेको छ । पोरेसमा नि:शुल्क सिम लक्ष्मी धिमालले बाँडिरहेकी छिन् ।
धिमालले पुलिटो उस्लुगे (Pulito Usluge) एजेन्सी कम्पनीका सम्पर्क व्यक्ति धरम दासले सिम जिम्मा दिएपछि बाँड्न सुरु गरेको बताइन् । धिमालको अनुसार पोरेसमा नेपालबाट भर्खर आएका, कामको खोजीमा रहेका र नेपाली एजेन्टहरु बाट पीडित भएकाहरुलाई सिम बाँडिरहेकी छन् ।
पुलिटो उस्लुगे (Pulito Usluge) एजेन्सी कम्पनीले २ हजार नि:शुल्क सिम बाँडिरहेको सम्पर्क व्यक्ति दासले जानकारी दिए । उनका अनुसार कम्पनीले ल्याएको अवसरबाट क्रोएसियामा कार्यरत नेपालीहरु लाभान्वित हुनेछन् । दासले सिम बाँड्दा बिशेष गरेर नेपालबाट भर्खर आएका र क्रोएसियामा बेरोजगार भएर बसेकाहरूलाई अवसर दिन अनुरोध गरेको छ ।
पुलिटो उस्लुगे (Puliti usluge)कम्पनीले सहकार्य गरिरहेको टेलिमचको नि:शुल्क सिम जाग्रेबमा एभरेस्ट म:म, काठमाडौं मार्ट, साथी डिजिटल लगायतले नेपाली माझ पुर्याउन भूमिका खेलिरहेका छन् ।
नि:शुल्क सिममा १६ जिबी डाटा, युरोपको सेन्जेनभर ८ सय कलिङ, ८ सय म्यासेजको सुबिधा रहेका छन् । सिम सुचारु गरेको एक महिनापछि रिचार्ज गरेर चलाउन सक्नेछन् । कम्पनीका अनुसार ८.९० युरे रिचार्ज गरेमा पुनः १६ जिबी डाटा, ८ सय कलिङ र ८ सय म्यासेज गर्न पाउनेछन् ।
थप यो पनि
एभरेस्ट म:मले एक सय टेलिमचको सिम नि:शुल्क दिने