प्रदेशसभा सदस्यद्वारा पद तथा गोपनीयताका शपथ

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
सुदूरपश्चिम

बझाङ जिल्ला, प्रदेशसभा (१) मा यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । धनगढीस्थित प्रदेशसभा सचिवालयमा सभामुख भीमबहादुर भण्डारीले नवनिर्वाचित प्रदेशसभा सदस्य भण्डारीलाई शपथ गराएका हुन् । उपनिर्वाचनमा भण्डारी नेकपा ९एमाले०को तर्फबाट एघार हजार छ सय १२ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले एघार हजार तीनसय ४६ मत पाएका थिए । विसं २०७९ मा भएको निर्वाचनमा विजयी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिँहको गाडी दुर्घटनामा गतवर्ष असारमा निधन भएपछि बझाङ प्रदेशसभामा उपनिर्वाचन गरिएको हो ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८ र उपनिर्वाचनबाट भण्डारी निर्वाचित भएसँगै एमालेका ११ सदस्य पुगेका छन् । यस्तै नेकपा (माओवादी केन्द्र)सभामुख बाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।

प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने समय नजिकिँदै गएको छ । यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त नेकपा ९एकीकृत समाजवादी० संसदीय दलका नेता सोडारीले आउने जेठ ५ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

यसअघि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनका लागि दुई पटक बोलाइएको बैठक स्थगित गरिएको थियो । सत्ता साझेदार एमाले विश्वासको मत दिनेबारेमा थप छलफल गर्नुपर्ने भन्दै तत्काल सहमत हुन नसकेपछि प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका