‘कबड्डी कबड्डी कबड्डी’ नागोयामा

Avatar
राम तामाङ संम्वाददाता
जापान

गत असोज ३ गते बाट नेपालमा प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ जापानको नागोया शहरमा प्रदर्शन हुने भएको छ ।

हालसम्म बर्षकै सर्वाधिक व्यापार गर्न सफल चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ जापानको तेश्रो ठुलो शहर नागोया र टोयोटामा प्रदर्शन हुने आयोजकले जानकारी दिए ।

नेपाल तामाङ समाज जापान क्षेत्रीय समिति नागोयाको आयोजनामा हुन लागेको उक्त चलचित्र नागोया र टोयोटामा गरि दुई शो देखाउने छ । जसमा आउदो १९ अक्टोबरमा नागोयाको नाकाकु वार्ड अन्डर ग्राउंड हलमा चलचित्रलाई प्रदर्शन गरिनेछ । टोयोटामा भने २० अक्टोबरमा टोयोटा फुकुशी सेन्टर हलमा प्रदर्शन गरिने आयोजकले बताए ।

धेरै समय पछि फेरी एउटा राम्रो नेपाली मौलिक पनको चलचित्र नागोयाबसिहरु माझ लिएर आएको छु । र पक्कै पनि नेपालमा जसरि नागोयाबासिहरुले मन पराउने र जापानको इतिहासमै सबै भन्दा बढी चलचित्र हेर्न दर्शक हलमा आउने विश्वास समेत गरेको बताउछन् आयोजकका सदस्य सन्जय तामाङ, म्हेंदोला ।

रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

तपाईको प्रतिक्रिया