सुनको मूल्य बढ्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडौँ

स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ३७ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३८ हजार चार सय रुपैयाँमा निर्धारण भएको छ ।

त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३७ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३७ हजार सात सय ५० रुपैयाँमानिर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ ले घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय २५ रुपैयाँमानिर्धारण भएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका