नेपाल बौद्ध शान्ति समाजको अध्यक्षमा पुनः पाल्साङ बज्र चयन

सैलुङअनलाइन
सैलुङअनलाइन
63 Shares

नेपाल बौद्ध शान्ति समाजको दोस्रो राष्ट्रिय सम्मेलनबाट पुनः अध्यक्षमा लामा पाल्साङ बज्र वाइबा चयन भएको छ ।

शनिबार स्वयम्भूमा भएको सम्मेलनबाट वाइबालाई अध्यक्षमा पुन: चुनिएको हो ।

यसैगरी उपाध्यक्षहरु चन्द्र बहादुर योन्जन,रत्नकुमारी भोलन, दिलबहादुर गोले, ठिसुङतेन्जिङ लामा र खामसुङ घले, महासचिवमा मिनुकुमारी वाइबा,
सचीवद्वय ङावाङदामछ्योइ वाइबा र डिबि तितुङ र कोषाध्यक्षमा अन्जना लामा चुनिएका हुन् ।

यस्तै सदस्यहरु योग बहादुर लो, कुपारे तामाङ, झिल्के पाख्रीन, ठुलीमाया तामाङ, महारत्न लामा, हिरालाल तामाङ, रामसिं लोप्चन, सुरेन्द्रबहादुर मोक्तान, सुर्यमान वाइबा तामाङ, नाम्ग्याल लामा, डोल्मा तामाङ, सन्तबहादुर तामाङ, गंगा पाख्रीन, शान्तिमाया तामाङ, तारा देवि गोले, दावा फुन्छोक लामा, खाइबा लामा, जितबहादुर रुम्बा, बिष्णुबहादुर गोले, जीवनकुमार बल, रामजी गोले लामा, जित बहादुर वाइबा (चितवन), बिष्णु ग्याबा, राजकुमारी तामाङ, जितबहादुर वाइबा (काभ्रे), मन्जु गोले, सुमन लामा, भरत बोम्जन, जगतबहादुर थिङ, सुचित्र वज्राचार्य, कर्म लामा, काजीमान भोलन र  ज्ञानबहादुर गोले रहेका छन् ।

सम्मेलनलाई पर्यटन, सस्कृती तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले उद्घाटन गरेका थिए ।

सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री तामाङ्ले बौद्ध धर्म लगायत सबै धर्मलाई ज्ञानको रुपमा प्रचारप्रसार गर्नु आवश्यक रहेको औंल्याए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका