हिमालि जिल्ला रसुवा पर्यटकिय क्षेत्र मात्र नभई पछिल्लो समय चाैरिपालन व्यवसायकाे समेत हव नै वनेकाे छ ।
जिल्लाभर १ सय १३ वटा चौरी गोठ रहेका छन । कृषकहरू १ सय ५० जना रहेका छन ।
लाङटाङ, वृद्विम, गत्लाङ, थुमन, टिमुरे, धुन्चे, राम्चे, भार्खु, यार्सा, सिङवेन्दि लगाएतका थुप्रै ठाउँहरूमा चौरी पालिरहेका छन् । दुख अनुसारकाे आम्दानी रहेकाे कृषकहरू बताउछन् ।
गाेसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ नागुङका चाैरिपालक कृषक पासाङ शेर्पाले बाउवाजेकाे पेशालाई समाल्दै आफुले पनि त्यहि सुरु गरेको बताए । उनी भन्छन्, `३ वर्ष मलेसिया बसे, त्यहा वसेर केही उपलब्धि नहुने देखेपछि आफ्नो गाउँमा नै चाैरिपालन व्यवसायलाई अगाडि वढाएर बिदेश मा गर्ने दुख यहि गरिरहेकाे छु´ । उनको अहिले ६० वटा चाैरिहरू छन । बार्षिक २५ लाख कमाई हुन्छ मलेसिया वस्दा ३ वर्षमा ८० हजार मात्र जाेगिएकाे थियाे, उनी सुनाउछन् ।
अर्का कृषक सुर्यवहादुर थाेक्रा साविकको यार्सा गाविस ५ हाल नाैकुण्ड गाउँपालिका १ यार्सा सिङवेन्दिका उनी पनि चाैरि पालक कृषक हुन् । उनकाे ४० वटा चाैरिहरू रहेका छन् । गाेरू एक हल छन् । सवै उनी बार्षिक ५ लाख कमाउछ्न।
गाईवस्तुमा राेग लागेर कति मरे, कति बाँचे, तैपनि सन्टुष्ट रहेकाे छु,उनी सुनाउछन् । उनले पनि बावुले गरेकाे पेशालाई निरन्तरता दिएकाे बताउँछन् ।
नाैकुण्डभरि चाैरिपालक कृषकहरू ४८ रहेका छन ।
गाेसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ बाेकेकुण्डका दिपक तामाङकाे पनि ३० वटा याक गाई र १ वटा याक रहेकाे छ । उनकाे चाैरि उत्पादन गर्ने हिमालयन पशुपन्छि फर्म रहेकाे छ । उनले पनि यहीबाट राम्रो आम्दानी गरिरहेको बताउछन् ।
गाेसाईकुण्ड गाउँपालिका २ टिमुरेका हाक्पा ग्याल्माे तामाङ,दावा छेन्जाेम तामाङ,कर्साङ ग्याल्माे तामाङ धुन्चेकाे याे याङमाे घले सहित ९ जनाकाे टिम मिलेर रसुवा याक चाैरिपालक कृषक संस्था दर्ता गरि २६ वटा चाैरि गाई गाेरू पालिरहेका छन् । उनिहरूकाे चाैरि उत्पादन गर्ने रहेकाे छ । र दुख अनुसार पैसा पनि कमाउने बताउछन् ।
सदरमुकाम धुन्चेमा व्यवसायिक चाैरिपालन १ हप्ते कृषकस्तरिय तालिम आयोजना गरिएको थियो । सो तालिम आ. व २०८०/८१ काे वैशाख २३ गतेदेखि २८ गतेसम्म सन्चालन भएकाे थियो । तालिम २१ जना कृषकहरूलाई पशुसेवा तालिम केन्द्र बागमती प्रदेश लगनखेल ललितपुरले दिएकाे थियाे ।कृषकहरूलाई थप निखारता ल्याई चाैरिपालन बढि फस्टाउने उदेश्यले तालिम दिईएकाे प्रशिक्षक रामचन्द्र देवकाेटाले बताए ।
रसुवा जिल्ला पर्यटक र चाैरिपालनकाे जिल्ला भएकाले यस व्यवसाय लाई हराउन नदिई अझै फराकिलो बनाउदै लैजाने कृषक सेदार ग्याल्वाे घले बताउछन् ।
हामीले ज्ञान व्रर्दक तालिम पायौं, याे तालिमबाट धेरै कुरा सिक्न पायौं । यसलाई व्यवहारमा उतारेर अझै राम्रो वनाउने अर्को कृषक नाम्सि ग्याल्वाे घलेले अनुभव सुनाए ।