धर्मका नाममा राजनीति गर्ने दिन अब सकिए : मन्त्री राई

0 Shares
राँझा

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले धर्मका नाममा राजनीति गर्ने दिन अब सकिएको बताएको छ । नेपालगञ्जमा आयोजित रामलीलाको समापन समारोहमा उनले धर्मका नाममा एकापसमा जनता भिडाउने छुट कसैलाई नभएको स्पष्ट पारे ।

‘जनता जागरुक भइसकेका छन्, धर्मका नाममा अब राजनीति हुँदैन, सबै मिलेर विकास गर्नुपर्छ’, मन्त्री राईले भने । संविधानले सबै धर्मलाई सम्मानका साथ समानताको अधिकार दिएको उनले बताए । नेपालगञ्जले धार्मिक तथा सामाजिक सद्भावको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको उनको भनाइ थियो । रामलीलाको निरन्तरता र प्रभावकारिताका लागि सांसद विकास कोषको रकमबाट रामलीला व्यवस्थापन समितिलाई २५ लाख रुपैयाँ सहयोग गरेको उनले जानकारी दिए ।

नेपालगञ्जको सांस्कृतिक पहिचानको रुपमा रहेको रामलीला मञ्चन यसवर्ष सकिएको छ । रामलीलाको यो १५१ औैँ संस्करण हो । सांस्कृतिक महत्वको रामलीला भव्य, सभ्य र सफलरुपमा सम्पन्न भएको सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए । भारतको वृन्दावनका कलाकार राधारमण शर्मा नेतृत्वको १५ सदस्यीय टोलीले यस वर्षको रामलीला मञ्चन गरेको हो । धनुषयज्ञ, रावणबध, भरतमिलाप र रामको शुभराज्याभिषेकसहित रामलीला महोत्सव सम्पन्न भएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका