रैथाने सेफ घिसिङलाई क्रोएसियाको एभरेस्ट म:मले गरे दोस्रोपटक आर्थिक सहयोग 

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
847 Shares
काठमाडौं

क्यान्सरबाट थलिएका रैथाने सेफ प्रेमलाल घिसिङले क्रोएसियामा रहेका एभरेस्ट म:म जाग्रेबमा कार्यरत नेपालीहरुले दोस्रोपटक आर्थिक सहयोग गरेको छ । उक्त  आर्थिक सहयोग बुधबार बिरामी सेफ घिसिङ उपचाररत अस्पताल मेडिकेयर पुगेर हस्तान्तरण गरेको थियो ।

जाग्रेबमा रहेका एभरेस्ट म:म कार्यरत टोलीले बिरामी सेफ घिसिङलाई समाजसेवी पासाङ योन्जनले ३६० युरो, गगन तामाङ ३०, पोर्तुगालमा रहेका चेतन पौडेलले १००, एभरेस्ट म:मका इन्चार्ज सुग्रीम तामाङ ६०, कुक सञ्जीव घिसिङ ५०, नवराज तामाङ ५० र फुर्साङ तामाङ ५० गरि जम्मा ७०० युरो, नेपाली एक लाख रुपैयाँ पठाएका हुन् ।

यसअघि एभरेस्ट म:ममा कार्यरत समूहले ५० हजार रुपैयाँ सहयोग गरेका थिए । लामो समय युरोपका अनुभव बटुलेका युवा समाजसेवी पासाङ योन्जनले रैथाने सेफलाई सहयोग गर्ने पाएकोमा खुसी व्यक्त गरे । उनले भने `हाम्रो थोरै सहयोगले कुनै व्यक्तिले जिन्दगी पाउछ, भने थोरै भएनी सहयोग गर्नुपर्छ ।´ अन्य खर्चमा कटौती गरेर भएपनि विभिन्न समाजिक सेवामा क्रियाशील योन्जन सिन्धुलीका हुन् । योन्जनले रेस्टुरेन्ट, होस्टेल लगायतमा लगानी गरेका छन् ।

बिरामी रैथाने सेफलाई विभिन्न संघसंस्था, व्यक्ति लगायतले सहयोग गरिरहेका छन् । झन्डै २ वर्ष अघिदेखि क्यान्सरबाट थलिएका रैथाने सेफ प्रेम घिसिङ पछिल्ला एक वर्षयता संघसंस्था र व्यक्तिको आर्थिक सहयोगमा उपचाररत छन् । काठमाडौं चाबहिलको मेडिकेयर अस्पतालमा उपचार लिइरहेका रैथाने सेफ घिसिङको १०% उपचारपछि क्यान्सर निको हुने चिकित्सकहरुको भनाई छ ।

त्यस्तै क्यान्सरबाट थलिएका रैथाने सेफ घिसिङले अब १० देखि १५ लाखसम्म भए आफुले नयाँ जीवन पाउने बताए । उनका अनुसार डाक्टरले अब १०% उपचारपछि क्यान्सरलाई जित्नेछ । उनले संघसंस्था, आफन्त, साथीहरुलाई आर्थिक सहयोगका लागि अपिलसमेत गरिरहेको छ ।

थप यो पनि

रैथाने खाना खोजका अभियन्ता एवं सेफ प्रेमलाल घिसिङ क्यान्सरबाट थलिए‚ सहयोगका लागि अपिल

तपाईको प्रतिक्रिया

पत्रपत्रिका