अस्ट्रियाको भियनामा रहेका नेपाली दूतावासले क्रोएसियामा कार्यरत नेपालीको राहदानी(पासपोर्ट) नवीकरणका लागि तीनदिने अनलाइन आवेदन लिने भएको छ । भियनामा रहेका नेपाली दूतावासले सोमबार सूचना जारी गरि मे १३, १४ र १५ तारीख अनलाइन आवेदन लिने भएको हो ।
दूतावासले आफ्ना फेसबूक पेजमा जारी गरेको सूचनामा यहि मे ३१, जुन १ र २ तारीख राहदानी नवीकरणका लागि घुम्ती सेवा आउने जनाएको छ । सूचनामा दूतावासको घुम्ती टोलीबाट सेवा प्राप्त गर्न सोमबार, मंगलबार र बुधबार अनलाइन आवेदन दिनुपर्ने बताएको छ ।
भियना दूतावासको सूचनामा` क्रोएसियामा रहनुभएका नेपाली नागरिकहरूका लागि जरूरी सूचना, यस राजदूतावासले राहदानी नवीकरण गर्ने प्रयोजनका लागि क्रोएशियाको जाग्रेब शहरमा निकट भविष्यमा नै राहदानी घुम्ती शिविर सन्चालन गर्न गैरहेको छ । शिविर ३ दिन मात्र सन्चालन हुने भएकाले राहदानी र टिआरसीको म्याद समाप्त भएका, समाप्त हुने चरणमा पुगेका कारण भियना आउन असमर्थ रहेका र राहदानी हराएका नेपाली नागरिकहरूले आफुसँग भएका सक्कल कागजातहरू तयार गरी राहदानी अनलाइन आवेदन फाराम भर्नुहुन र भरिसकेपश्चात सबै कागजातहरू इमेल मार्फत राजदूतावासमा पठाउनुहुन अनुरोध गरिन्छ ।´ उल्लेख छ ।
दूतावासले Passport Pre-Enrollement NEPAL (nepalpassport.gov.np)लिंक प्रयोग गरी आफुसँग भएको कम्प्यूटर / ल्यापटप वा मोबाइल फोनबाट अनलाइन आवेदन गर्न सक्ने बताएको । आवेदनमा राहदानी हराएको, चोरी भएको वा बिग्रेको के हो सो यकिन गरी लिङ्कमा Type of Application छनौट गर्नुपर्ने छ । त्यस्तै ३४ पृष्ठको राहदानी छनौट गरी Agree भन्ने बटन थिच्न दूतावासले भनेको छ ।
त्यसैगरी दूतावासको सूचनामा Book Your Appointment क्लिक गरेपश्चात Appointment Country मा Other र Appointment Location मा NE Vienna छनौट गरी आवेदन प्रक्रिया अगाडि बढाउन भनिएको छ । आवेदनका क्रममा आवश्यक कागजातहरू अपलोड गर्नुपर्नेछ । कागजातहरूको साइज ३०० के.बी भन्दा सानो हुनुपर्ने र आवेदन भरी सकेपछि Submit the form and download it गरी प्रक्रिया पूरा गर्न दूतावासले आग्रह गरेको छ ।
सूचनामा ` डाउनलोड भएको फाराम र अपलोड गरिएका कागजातहरू इमेलमार्फत पिडीएफ फर्म्याटमा राजदूतावासमा पठाउनुपर्नेछ । उक्त बारकोड सहितको फारामको स्क्यान कपी, राहदानी र नागरिकताको फोटोकपी संलग्न गरी भेरिफिकेशनका लागि दूतावासकोconsular@nepalmission,at मा पठाउनुपर्नेछ। फारामहरू भेरिफाइ नगरी निवेदकले भरेको विवरण Retrieve गर्न नसकिने र भेरिफाइ नभएको अवस्थामा बायोमेट्रिक लिन नसकिने भएकाले आवेदन फाराम भेरिफिकेशनका लागि अनिवार्य रूपमा १८ मे २०२४ सम्म राजदूतावासमा पठाउनुपर्नेछ । राजदूतावासमा इमेलमार्फत पठाइएका आवेदन लगायतका कागजातहरूको
` एकसेट प्रिन्ट गरी बायोमेट्रिक गर्नकालागि तोकिएको समयमा साथैमा लिइ जानुपर्नेछ। यस सम्बन्धमा थप जानकारी चाहिएमा नेपाली राजदूतावास, भियनामा फोन गर्न सक्नुहुनेछ वा क्रोएशियास्थित एनलारएनका अध्यक्ष श्री साइमन लामा(मोबाइल नं.००३८५९१९०६५ ३०३)मार्फत जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।´ दूतावासको सूचनामा उल्लेख गरेको छ ।
दूतावासको सूचनामा` आवेदन पठाइ सकेपश्चात नवीकरण लिस्टमा आफ्नो नाम भए/नभएको यकीन गरी नेपाली राजदूतावासको निम्नानुसारको बैंक खातामा आवेदकको नाम उल्लेख गरी राजध रकम अनलाइनबाट ट्रान्सफर गर्नुहुन र सोको जानकारी राजदूतावासमा पठाउनुहुन समेत अनुरोध गरिन्छः नियमित राहदानी नवीकरण शुल्क यूरो १२० हराएको वा अन्य कुनै कारणले नष्ट भएकोमा यूरो २४० जम्मा गरिनुपर्ने उल्लेख छ ।´दूतावासका अनुसार राहदानी नवीकरणका लागि लाग्ने शुल्क Bank Austria-Unicredit IBAN: AT341200010021628184, BIC: BKAUATWW मा चुक्ता गर्न सक्नेछन् ।
थप यो पनि
क्रोएसिया एनआरएनएद्वारा संचालित राहदानी नवीकरण अभियान जारी
एनआरएनए क्रोएसियाले दूतावासको माग गर्दै बुझाए ज्ञापन पत्र