रसुवागढि नाकाबाट मानसरोवर जाने  पर्यटक बढे 

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने सम्वाददाता
259 Shares
रसुवा

बसन्तऋतुकाे आगमनसंगै चिनकाे तिव्वतमा पर्ने मानसरोवर जाने धार्मिक पर्यटकहरू रसुवागढि नाकामा देखिन थालेका छन ।

घट्टेखाेलाका हाेटल व्यवसायि सुनवादि तामाङले व्यापार व्यवसाय कम भईरहेकाे अवस्थामा मानसरोवरकाे यात्राकाे क्रममा तिर्थयात्रिहरू आउन थालेपछि दैनिक जसाे शुन्य रहेकाे टिमुरे,घट्टेखाेला,रसुवागढि नाकामा विस्तारै चहलपहल वढेकाे बताए ।

मानसरोवर जाने ट्रावल एजेन्सिमार्फत बसमा आउने गर्छन भने ल्हासा घुम्न जाने विदेशि पर्यटकहरू हेलिकप्टरमा आउने गर्दछन ।

रसुवागढि नाकाबाट भ्रमणका लागि ५ सय विदेशि पर्यटकहरू भिसा हानेर गएका छन । मानसरोवर तिर्थका लागि २५ नेपाली गएकाे अध्यागमन कार्यालयमा रेकर्ड रहेकाे अध्यागमन कार्यालयका प्रमुख मुरारी निराैलाले जानकारी दिए ।

अमेरिका,फ्रान्स,सर्विया,युक्रेन,रसियाकासाथै विभिन्न देशहरूका पर्यटकहरू रहेका छन । घुम्ने पर्यटन लगाएत धार्मिक पर्यटकहरूलाई यात्राकाे क्रममा सहज र सरल तरिकाले प्रक्रिया पुर्याएर अनुमती दिने गरेको कार्यालय प्रमुख निराैलाले बताए ।

अर्को पुर्व वडा अध्यक्ष एवम हाेटल व्यवसायि दावा तामाङ बताउछन् ।व्यापारी व्यवसायिहरू आउने क्रमकाे कमि भएतापनि मानसरोवर र ल्हासा घुम्न जाने पर्यटक तथा धार्मिक तिर्थयात्रिहरूले गर्दा स्थानीयहरूकाे केही हदसम्म व्यापार व्यवसाय बढेकाे छ ।

विश्वव्यापि रूपमा फैलिएको काेभिडका कारण थलिएकाे व्यापार व्यवसाय हाल विस्तारै गति लिई रसुवागढि नाकामा मानसरोवर र ल्हासा जाने पर्यटन बढेपछि केही आशा पलाएकाे व्यापारी पदम रूम्बा बताउछन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया