तामाङ समुदायकाे बाहुल्यता रहेकाे रसुवा भाषा,भेषभुषा,प्राकृतिक साैन्दर्यले भरिपुर्ण मनमाेहक जिल्लाकाे रूपमा चिनिएकाे छ । रसुवा काष्ठकला, ढुङ्गाका मुर्ति,वाैद्व धर्म सम्बन्धि माने गुम्बाहरू र परम्परागत कला संस्कृतिकाे खानिकाे रूपमा रहेकाे छ ।
आमाछाेदिङमाे गाउँपालिकाले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकाे सहकार्यमा गत चैत ९ गतेदेखि १३ गतेसम्म गत्लाङ प्रदर्शन गरिएको थियो । त्यस्तै गाेल्जुङ तथा आसपासका पर्यटकिय क्षेत्रमा केन्द्रित रहेर ५ दिने कला कार्यशाला कार्यक्रम सम्पन्न गरि २५ जना कलाकारहरूले त्यस ठाउँकाे दैनिक जनजिवन संस्कृति गतिविधि तथा प्राकृतिक साैन्दर्यकाे चित्र काेरे त्यहि चित्र काठमाडौकाे नक्सालमा रहेकाे ललितकला प्रज्ञा प्रतिष्ठान मा २०८१ वैशाख २५ गते देखि ३१ गतेसम्म प्रर्दशन समेत गरिएकाे थियाे ।
आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयहरूकाे राेजगारि र आर्थिक पाटाेमा टेवा पुगाेस भनेर गाउँपालिकाले कला पर्यटनलाई आमाछाेदिङमाे आर्ट क्याम्पमार्फत आगाडि सारेकाे हाे ।
स्थानीय कलाकार शशि डङगाेलले कम्युटरकाे जमानाकाे विकाससंगै नेपालमा पनि पेन्टिङकाे दायरा बढदै गएजो बताए । उनले भने, `नयाँ कलाकारहरू जन्मदै गए भने पुराना हरूले प्रविधि काे विकास संगै आफुलाई परिमार्जित गर्दै जान थाले ।´
कलाकार डङगाेल पनि पुरानाे चित्रकारिताकाे क्षेत्रकाे एक हस्ति हुन उनले याे क्षेत्र फराकिलो हुँदै गएकाे बताउँछन् । अबका दिनमा चित्रकारिताकाे क्षेत्र फराकिलो हुँदै गईरहेकाे छ । नेपालमा २०७२ काे भुकम्प पश्चात् आफुखुसिका नयाँ सुरक्षित घरहरू बन्न थाले । पहिलाकाे झै भित्ताहरूमा पाेष्टर पप्लेट कार्डहरू अनावश्यक रूपमा मानिसहरूले टास्न छाेडे । साैखिन नेपालिहरूले पेन्टिङ किन्न थाले छाेराछाेरि विदेशमा र आफू पनि घुम्न जादा विदेशमा कलाकाे महत्त्व देखेर आफ्नो घरकाे बैठक काेठामा एउटा भने पनि चित्र झुण्डाउन त भन्ने मनसाय राख्न थाले अफिसहरूमा समेत पेन्टिङ झुण्डाउन थाले ।
रसुवाको अलैाकिक सुन्दरता पनि कला,कलाकार र कलापारखिहरूकाे लागि उपयुक्त र आकर्षक गन्तव्य भएकाे छ ।
फाईन आर्टमा ईच्छुक विधार्थिहरूका लागि रसुवा खुल्ला विश्वविद्यालय सावित भएकाे छ । आमाछाेदिङमाे गाउँपालिकाले आफ्नाे लाखौं सम्पति जाेडेकाे छ । यी बहुमुल्य कलाकृतिलाई एउटा संग्राहलयकाे रूपमा जिवन्त राख्न लागि परेकाे छ । यसरी कला गतिविधि कार्यशाला तथा प्रर्दशनि बाहिरि जिल्लामा हुनु अत्यन्तै स्वय कलाकारहरूका लागि मात्रै सुखद हाेईन समग्र देशमा आन्तरिक तथा बाह्य पर्यटनहरू अेाईराेनै लाग्ने माध्यम पनि हाे कलाकार शशी डङगाेल बताउँछन् ।
यस जिल्लाका प्राकृतिक साैन्दर्यले भरिपुर्ण अति मनमाेहक जिल्ला समेत हाे । यहाँको ताल,कुण्ड खाेला झरना हिमाल डाडा थलि खेतका गह्राका फाटहरू मा १२ महिना नै अलाैकिक सुन्दरताले भरिपुर्ण भईरहन्छ ।काठमाडौ र पाेखरा उपत्यकाभित्र मात्रै गतिविधि भईरहेकाे कला कार्यशाला यस पटक आमाछाेदिङमाे गाउँपालिकाले कला पर्यटनलाई आमाछाेदिङमाे आर्ट क्याम्प मार्फत अगाडि सारेर पर्यापर्यटनलाई बढावा दिएकाे छ ।