नेपालकै नमुना र फरक डिजाइनमा झापाको दमकमा ‘भ्यू टावर’ निर्माण गरिएको छ ।
दमक नगरपालिका–३ स्थित दापगाछीमा २०७६ साल असार २७ गतेबाट निर्माण शुरु गरिएको नमुना ‘भ्यू टावर’ तयार भएको छ ।
सो टावर एक अर्ब ५० करोड ६३ लाख ८५ हजार नौ सय ६४ रुपैयाँको लागतमा निर्माण शुरु गरिएको थियो ।
नयाँ प्रविधिमा निर्माण गरिएको १८ तले भ्यू टावर १ सय मिटर अग्लो रहेको छ ।