सिन्धुपाल्चोक बस दुर्घटनाः मृतकको संख्या ११ पुग्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
मेलम्ची, सिन्धुपाल्चोक
तस्वीर : नविन गिरी

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका- १० भोटसिपास्थित बडहरे चोकमा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या ११ पुगेको छ । ५० भन्दा बढी घाइते भएको प्रहरीले जानकारी दिए ।

इन्द्रावती गाउँपालिका- ९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस शुक्रबार बिहान सडकबाट २०० मिटर तल खसेको हो । घट्नास्थलमै ६ जनाको मृत्यु भएको हो भने अन्यको धुलिखेल अस्पतालमा मृत्यु भएका छन् ।

क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुन सक्ने देखिन्छ ।

थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए ।

केही शवलाई बसले थिचेको अवस्थामा छ । प्रहरीका अनुसार घाइतेलाई धुलिखेल अस्पतालमा उपचारका लागि पठाइएको छ ।

अहिले प्रहरी, स्थानीयको सहयोगमा उद्धार भइरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका