नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ दोलखाको अध्यक्षमा नर्बु तामाङ चयन भएको छ । शनिबार चरिकोटमा भएको दोस्रो जिल्ला अधिवेशनले अध्यक्षमा तामाङलाई चयन गरेको हो ।
तामाङ नेतृत्वमा ३१ कार्य समिति चयन भएको छ । महासंघको उपाध्यक्षमा पदम बहादुर तामाङ र आकाशबाबु मुगराती, सचीव अपिल मोक्तान, उप-सचिवद्धयमा बलबहादुर जिरेल र देविप्रसाद ओली रहेका छन् ।
खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले अधिवेशनको औपचारिक उद्घाटन गरेका थिए । अध्यक्ष बस्नेतले दोलखाको खेलकुद क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन हुने गरेर महासंघलाई अगाडि बढाउन नयाँ टिमले काम गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा महासंघका महासचिव धर्म लामा, बागमती प्रदेश इन्चार्ज, जिल्लाका इन्चार्ज बासु श्रेष्ठ, नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, एमाले नेता डबल पाण्डे, साथै एमाले दोलखाका नेतागणले सम्बोधन गरेका थिए ।
कार्यक्रममा दोलखाका खेलुकद प्रशिक्षक शान्त तामाङ (पाख्रिन) र कराँते प्रशिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।