सिन्धुपाल्चोक बस दुर्घटनाः मृतकको संख्या १४ पुग्यो, ५० भन्दा बढी घाइते

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
मेलम्ची, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका- १२ भोटसिपास्थित बडहरे चोक नजिक खोँचमा भएको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । सोही गाउँपालिका- ९ को सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस सडकबाट २०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ५० भन्दा बढी घाइते भएकोे स्थानीयवासी राजेन्द्र आचार्यले बताए ।

सो घटनामा क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्र्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनाको स्थिति हेर्दा थप क्षति हुनसक्ने देखिन्छ । दुर्घटनामा परेका प्राय सबै घाइते भएको हुनसक्ने अनुमान गरिएको र घटनाको थप विवरण आउन बाँकी रहेको उनको भनाइ थियो । छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० भन्दा बढी यात्रु उक्त बसमा चढेका प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । कच्ची सडक र यात्रु बढी भएकाले हेलम्बु यातयातको सो बस दुर्घटना भएको हुन सक्ने बताइएको छ ।

पाँच जनाकोे सनाखत

प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ उक्त बस दुर्घटनास्थलमा पुगेको छ । हेलिकप्टर लिएर घटनास्थल पुगेका उनले घाइतेको उद्धारमा कुनै कमी हुन नदिन सुरक्षा निकायलाई निर्देशन दिनाका साथै अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका थिए । उक्त दुर्घटनामा मृत्यु भएका १४ मध्ये पाँच जनाको सनाखत भएको छ ।

सनाखत हुनेहरूमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी सङ्गीता पुरकोटी, इन्द्रवती–९ का हीरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका- १० का रितेश आचार्य छन् ।

सम्बन्धित समाचार

सिन्धुपाल्चोक बस दुर्घटनाः मृतकको संख्या ११ पुग्यो

सिन्धुपाल्चोक बस दुर्घटना : ७ को मृत्यु, ५० बढी घाइते

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया