किर्ते जालसाजी मुद्दाका फरार प्रतिवादी पक्राउ

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares

किर्ते जालसाजी मुद्दाका फरार प्रतिवादी प्रहरीले पक्राउ गरेको छ  ।

किर्ते जालसाजी मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ५० वर्षीय अशोक सिंहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको २०७० वैशाख २५ गतेको फैसलाले किर्ते जालसाजी मुद्दामा १५ हजार ४ सय १२ रूपैयाँ ५० पैसा जरिवाना ठहर भई फरार रहेका सिंहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कालिमाटीबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया