नेपाल आदिवासी जनजाति महासंघ जापान क्षेत्रीय समिति नागोयाको अध्यक्षमा गुरुङ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
56 Shares
नागोया

नेपाल आदिवासी जनजाति महासङ्घ जापान क्षेत्रीय समिति नागोयाको चौथो अधिवेशन सम्पन्न भएको छ । जापानको नागोयास्थित नाकागावा वार्डको हलमा आइतबार सम्पन्न अधिवेशनले अमरजङ गुरुङको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा सोनामदोर्जे शेर्पा, मानबहादुर तामाङ, रमेश श्रेष्ठ चयन भएका छन् । महिला उपाध्यक्षमा मिकफुङ अन्छङबो लिम्बु र निशा राई चयन भएकी छिन। सचिवमा नरेश राई, सह–सचिवमा केहरसिङ राना मगर, कोषाध्यक्षमा राजु लामा, सहकोषाध्यक्षमा प्रेम गुरुङ र प्रवक्तामा जेबी गुरुङ चयन भएका हुन् ।

त्यसै गरी, अधिवेशनले सदस्यहरूमा सुरेश लिङदेन, निङछु लिम्बु, दिनेश गुरुङ, अनुप गुरुङ, तीर्थ मोक्तान, गरिमा राना मगर, स्वीकृति पुन मगर, झरना थापा मगर, मनोज राई, बालज्योती राई, रोशन राई, रश्मि जोशी र प्रतीक्षा लामालाई चयन गरेको छ।

कार्यसमितिले विजेता राईलाई सांस्कृतिक संयोजकमा चयन गरेका छन्। अध्यक्ष गुरुङका अनुसार सल्लाहकारमा समितिको पहिलो बैठक बाट मनोनीत गर्ने बताए। प्रत्यक्ष निर्वाचन प्रणालीको माध्यमबाट चयन गरेको कार्यसमितिमा सबै एकल जातीय सङ्घसंस्थाहरू र साधारण सदस्यहरूलाई सहभागिता गराइएको थियो ।

अधिवेशनको प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासङ्घ प्रवास शाखा जापानका अध्यक्ष सुकुमान तामाङ, विशेष अतिथिहरूमा जनजाति महासङ्घ प्रवास शाखा जापानका निवर्तमान अध्यक्ष सुमन लिम्बु, जनजाति महासङ्घ क्षेत्रीय समिति नागोयका निवर्तमान अध्यक्ष कौडा बुडा मगर, सबिन राई, एनआरएनए अभियन्ताहरू दीपक कार्की, रोविन्द श्रेष्ठ, विष्णु घिमिरे, श्याम शीतल श्रेष्ठ, एनआरएनए जापान क्षेत्रीय समिति नागोयाको संयोजक भेषनाथ गौतम, उप(संयोजक योमन देवान, देव घिमिरे, तामाङ समाज क्षेत्रीय समिति नागोयाको अध्यक्ष हरि दोङ तामाङ, मगर सङ्घ जापान क्षेत्रीय समिति नागोयाको अध्यक्ष याम पाइजा मगर लगायत अन्य व्यक्तिहरूको समेत उपस्थिति थियो।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका