क्रिकेटर लामिछानेले पाएनन् अमेरिकाको भिसा

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडौँ 
तस्विर : फाइल

क्रिकेटर सन्दीप लामिछानेले आफूलाई अमेरिकाले फेरि भिसा नदिएको बताएका छन् । बुधबार सामाजिक सञ्जालबाट सन्दीपले  काठमाडौंस्थित अमेरिकी दूतावासले आफूलाई भिसा दिन अस्वीकार गरेको बताएका हुन् ।

अमेरिका र वेस्ट इन्डिजमा हुने तय भएको ट्वान्टी–२० विश्वकपका लागि काठमाडौंस्थित अमेरिकी दूतावासले आफूलाई भिसा दिन अस्वीकार गरेको सामाजिक सञ्जालबाट उनले बताएका हुन् ।

“फेरि पनि अमेरिकी दूतावासले सन् २०१९ मा गरेको जस्तै गरेको छ । उनीहरूले अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपका निम्ति मलाई भिसा दिन अस्वीकार गरे । नेपाली क्रिकेटका सुभचिन्तकहरूमा माफी माग्न चाहन्छु,” सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका