साँझकोट मिनिट्रक दुर्घटना : २ को मृत्यु ५० जनाभन्दा बढी यात्रु सवार

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काभ्रे
तस्वीर: इमाला तावा इकमान

जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाको वडा नं. २ रजेडाँडाबाट बनेपातर्फ आउँदै गरेको मिनिट्रक साँझकोटमा दुर्घटना भएको छ । शुक्रबार भएको दुर्घटनामा परि २ जनाको घट्नास्थलमै ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् ।

डाँडापारिबाट यात्रु लिएर आएको मिनिट्रक रोशी गाउँपालिकाको वडा नं. ३ स्थित साँझकोटमा दुर्घटना हुँदा महाभारत गापा–२ अम्बलबासको वकिल बम्जन र सोही गापा सोक्तेलको प्रकाश मोक्तानको घट्नास्थलमै मृत्यु भएको हो ।

उक्त मिनिट्रकमा सवार रहेको पूर्णबहादुर बलको अनुसार गाडी सडकबाट करिब ४० मिटर तल खसेको छ । गाडीमा ५० जनाभन्दा बढी यात्रु सवार रहेको बलले जानकारी दिए । उनलाई भने सामान्य चोटपटक मात्र लागेको बताए ।

बा ३ ख ३५९५ नम्बरको निशान कम्पनीको मिनिट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । घाइतेलाई एम्बुलेन्स र बोलेरो गाडीमार्फत धुलिखेल ल्याउँदै गरेको प्रहरीले जानकारी दिएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका