नेपाल तामाङ युवा घेदुङ, कोशी प्रदेशको जेठ १० गते भएको चौथो अधिवेशनले सनम तामाङको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति गठन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा महिलातर्फबाट जयन्ती पाख्रीन, अर्को उपाध्यक्षमा जोनी योन्जान, सचिवमा प्रविण तामाङ, सहसचिवमा बिकास मोक्तान, कोषाध्यक्षमा धनबहादुर तामाङ र सहकोषाध्यक्षमा सुवास तामाङलाई चयन गरेको छ ।
सदस्यहरुमा राजिप तामाङ, गोपाल गोम्देन, भिमराज मोक्तानलाई चयन गरेको छ भने बाँकी ५ सदस्यलाई आगामी हुने बैठनबाट मनोनित गरिने छ ।
मनु मोक्तानको प्रमुख आतिथ्यमा भएको सो अधिवेशनमा युवा घेदुङको संघीय कार्यसमितिका अध्यक्ष बिलम मुक्तानले अध्यक्षता गरेका थिए । अन्य अतिथिहरुमा संघीय सल्लाहकार सुजेन्द्र गोले, प्रदेश अध्यक्ष रेखबहादुर तामाङ, युवा घेदुङको संघीय सचिव घम्ब तामाङ (मिलन), जानुकला तामाङ, घेदुङ जिल्ला अध्यक्ष, सदस्य र अन्य संघसंस्थाका व्यक्तिहरु रहेका थिए ।
अधिवेशन सुनसरी जिल्लाको ईटहरीमा भएको थियो ।