जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
पोखरा
तस्विर : सांकेतिक

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी अन्नपुर्ण गाउँपालिका-३ धारापानी बस्ने ३७ वर्षीय बिपिन भन्ने केशव सुनारलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कास्कीको २०७९ माघ १० गतेको फैसलाले ११ महिना ८ दिन कैद सजाय, १५ हजार रूपैयाँ जरिवाना र ४ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले अन्नपूर्ण गाउँपालिका-१ नौडाँडाबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया