अन्तर्राष्ट्रिय सम्मेलन सुरु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं
तस्वीर : रासस

गुरुङ (तमु) समुदायको छाता सङ्गठन तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ ।

शनिबारसम्म जारी रहने सम्मेलनमा भारत, चीन, भूटान, बेलायत, जापान, दक्षिण कोरिया, बेल्जियम, संयुक्तराज्य अमेरिकालगायत ३७ मुलुकमा रहेका गुरुङ समुदायका प्रतिनिधि तथा देशका ६२ जिल्लाका प्रतिनिधिको सहभागिता छ ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले सम्मेलनको उद्घाटन गर्दै स्वदेशमा गुरुङ समुदाय तथा विदेशमा नेपाली भएर अस्तित्व र पहिचानलाई केन्द्रमा राखेर अगाडि बढ्न आग्रह गरे । उनले विश्वभर छरिएका गुरुङ जातिबीच पारिवारिक सम्बन्ध कायम गर्दै उनीहरूको गौरवमय इतिहासको खोजी तथा निर्माण गर्नु सम्मेलनले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

कार्यक्रमका संयोजक रेशम गुरुङले विश्वका विभिन्न स्थानमा बसोबास गर्ने गुरुङ समुदायको एकता तथा भाषा संस्कृतिको संरक्षणका लागि सम्मेलन गर्न लागिएको जानकारी दिए ।

सम्मेलनमा प्रा डा ओम गुरुङले आदिवासी ‘जनजातिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आन्दोलन र तमु समुदायको सवाल’, डा गणेश गुरुङ र डा सुमित्रा मानन्धर गुरुङले ‘तमु समुदाय र आर्थिक समृद्धि’, डा टेकबहादुर गुरुङले ‘गुरुङ जातिको उत्पत्ति’ र बालनरसिंह गुरुङले ‘खेमा लिपि’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका