सिन्धुपाल्चोक दुर्घटनाका घाइतेलाई सहयोग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

नेपाली काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक दुर्घटनामा घाइतेको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गरेको छ ।

पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भोटसिपामा शुक्रबार भएको दुर्घटनामा घाइते भएकाको उपचारका लागि तत्कालका लागि रु ५० हजार आर्थिक सहयोग गरेको हो ।

पूर्वमन्त्री बस्नेतले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका यात्रुलाई भेटेर उक्त सहयोग गरेको हो । ‘तत्कालका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरको हुँ, आवश्यक परे आगामी दिनमा पनि सहयोग गर्नेछु’, पूर्वमन्त्री बस्नेतले भने । सिपाटारबाट काठमाडौँ आउँदै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ११ जनाको मृत्यु र दर्जनौँ यात्रु घाइते भएका थिए ।

बालबालिकालाई निःशुल्क पढाउने

यसैबीच, पूर्वमन्त्री बस्नेतले दुर्घटनामा अभिभावक गुमाएका बालबालिकालाई निःशुल्क पठनपाठन गराउने भएको छ । घाइतेलाई भेट्ने क्रममा उनले दुर्घटनामा परेर अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व लिने घोषणा गरेको हो । बस्नेत सोही क्षेत्रबाट निर्वा्चित भएर मन्त्रीसमेत बनेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका