देवराज स्याङ्तानको शब्द रहेको ‘ल्हासाको दरबार’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शुक्रवार जोरपाटी स्थित मम प्लाजामा पत्रकार सम्मेलन गरी सो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
गीतको स्वर अशोक तामाङ र ल्हामु शेर्पाको रहेको छ । सङ्गीत अशोक तामाङ र सङ्गीत संयोजन जोगलाल लामाले गरेका हुन् ।
काठमाडौँ आसपास छायाङ्कन गरिएको भिडियोमा आभा थापा मगर, सौरभ तामाङ, अरुण लामा, रोजिना मोक्तानले फिचरिङ गरेका छन् ।
दीपक तामाङको निर्देशन र कोरियोग्राफरमा तयार पारिएको भिडियोको छायाङ्कन इदिप कुलुङ राई र ड्रोन भिडियो सूर्य लामाले गरेका हुन् ।
त्यस्तै टोक दाइ तामाङद्वारा निर्मित भिडियोको सह कोरियोग्राफर धोन्देन लामाको रहेका छन् ।
मौलिक शब्दमा रचित गीतमा माया पिरतीको गहिराइमा डुब्दै समाजको मूल्य मान्यतामा रही बन्धनमा बाँधिनुपर्ने सन्देश बोकेको छ ।
पत्रकार सम्मेलनमा वरिष्ठ अभिनेता रामचन्द्र अधिकारीले सङ्गीतको क्षेत्रमा जति भिडियोहरू सार्वजनिक भए त्यो खुसीको कुरा रहेको बताए । उनले भने,‘गीतले मौलिकता बोकेको छ। कलाकारहरूको कला उत्कृष्ट प्रस्तुत गरिएको पाएँ ।’
सम्मेलनमा कलाकारहरूले भिडियोमा भएका कमीकमजोरीहरू हुन सक्छन्, त्यसलाई हेरेर प्रतिक्रिया दिनसमेत अनुरोध गरेका छन् ।