धुन्चेमा मानव अधिकार प्रशिक्षण

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
49 Shares
धुन्चे, रसुवा

रसुवाको सदरमुकाम धुन्चेमा एक दिने मानव अधिकार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल मानव अधिकार सङ्गठन जिल्ला शाखा रसुवाको आयोजनामा गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा मानव अधिकार संरक्षण मा नागरिक समाज र सञ्चार भन्ने नाराका साथ प्रशिक्षण भएको हो ।

प्रशिक्षणमा प्रजातन्त्र, मानव अधिकार र कानुनी राज्य, मौलिक हक र प्रजातान्त्रिक व्यवस्था, मानव अधिकार र सुशासन र शासकीय ढाँचा, मानवअधिकार र शरणार्थी व्यवस्थापन,सम्मान पूर्वक बाच्नका लागि विश्व प्रयास,दिगो विकास लक्ष्यका विषयहरू समावेश गरिएको थियो ।

नेपाल मानव अधिकार सङ्गठन जिल्ला शाखा रसुवाको कार्यवाहक अध्यक्ष प्रसूनराज गुरुङका अनुसार प्रशिक्षणमा सहायक प्रमुख जिल्ला अधिकारी गङ्गालाल योगी, जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख केशव भट्टराई,सशस्त्र प्रहरी २० नम्बर गुल्मका गुल्मपति सुमन थापा,राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख मोहन आचार्य,नेपाली सेना श्रीनाथ गणका मेजरसाव हरू नागरिक समाज,महिला अधिकारकर्मी, शिक्षक, बि‍द्यार्थी,कर्मचारी सञ्चारकर्मी पत्रकार र सरोकारवालाहरूको उपस्थिति रहेका थिए ।

उक्त प्रशिक्षण सङ्गठन का केन्द्रीय अध्यक्ष इन्द्र प्रसाद अर्याल र केन्द्रीय प्रशिक्षक विनोद कार्कीले दिएका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका