लेखापढी कानुन व्यवसायी एसोसिएसनको अध्यक्षमा तोयनाथ पाण्डे

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
112 Shares
धुन्चे, रसुवा

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला कार्य समिति रसुवाको चौथो अधिवेशनबाट अध्यक्षमा तोयनाथ पाण्डे निर्विरोध चयन भएका छन् ।

शनिवार धुन्चेमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्ष मा सञ्जय तामाङ,सचिवमा सितेम्पा तामाङ,सहसचिव राज थोक्रा तामाङ,कोषाध्यक्ष बुद्ध श्रेष्ठ,रहेको छन् ।सदस्यहरू मा राहुल झा,प्राप्ति तामाङ,गोरमेन तामाङ,गोरमेन तामाङ, दावादोर्जे तामाङ रहेका छन् ।

एसोसिएसनको प्रथम अधिवेशनबाट स्वर्गीय बलबहादुर नगरकोटी अध्यक्ष भएका थिए । दोस्रोमा ज्ञानेन्द्रनाथ न्यौपाने, तेस्रोमा सितेम्पा तामाङ र हाल चौथो पाण्डे भएका छन् ।

जिल्लामा जिल्ला अदालत रसुवाबाट १ सय ५० जनाले भन्दा बढीले लेखापढी गर्ने इजाजत पत्र लिएका छन् । १३ जनाले मात्र नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन रसुवामा आवद्ध भई काम गरिरहेका छन् । चौथो जिल्ला अधिवेशनमा केन्द्रीय अध्यक्ष सिताराम दाहाल, केन्द्रीय महासचिव सूर्यबहादुर थापा लगायत थुप्रै केन्द्रीय सदस्यहरू को बाक्लो उपस्थिति रहेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया