संसद् अवरोध अन्त्य गर्न प्रधानमन्त्रीको सक्रियता, काँग्रेस सभापति देउवासँग छलफल

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को गत्यावरोध अन्त्यका लागि नेपाली काँग्रेसलाई आग्रह गरिएको छ । प्रमुख प्रतिपक्षी दल काँग्रेसले सहकारीको ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित लगातार सदनको कारबाहीमा अवरोध गर्दै आएको छ ।

प्रधानमन्त्री दाहालले आज काँग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर सदनको काम कारबाहीलाई सहज बनाइदिन आग्रह गरिएको हो । प्रधानमन्त्री दाहालले सभापति देउवासँग एक्ला एक्लै र अन्य नेताहरूसँग सामूहिक छलफल गरी सदनको अवरोध हटाइदिन आग्रह गरिएको थियो ।

काँग्रेस सहमहामन्त्री जीवन परियारले समस्या समाधानका लागि प्रधानमन्त्रीले गम्भीरतापूर्वक सक्रियता लिएको जानकारी दिए । प्रधानमन्त्री दाहाल र सभापति देउवाबिच समस्या समाधानका लागि महत्त्वपूर्ण छलफल भएको उनले बताए ।

संसद्को अवरोध हटाउने विषयमा आज शीर्ष नेताहरूबिच छलफल गर्ने कार्यसूची तय भएको थियो । काँग्रेस सभापति देउवाले आफू अस्वस्थ भएको भन्दै प्रधानमन्त्री दाहाल र नेकपा९एमाले०का अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै निवासमा आउन आग्रह गर्नुभएको काँग्रेस नेता परियारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका