गणतन्त्र संस्थागत गर्न मौलिक हक कार्यन्वयनमा जोड

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडौँ

काठमाडौँ गणतन्त्रले बोकका मूल्यमान्यता र लक्ष्यलाई संस्थागत गर्न नेपालको संविधानमा व्यवस्था गरिएका मौलिक हकको कार्यन्वयन हुनुपर्नेमा सरोकार भएकाले जोड दिएको छ ।

आज राजधानीमा परिवर्तन अभियान नेपालले आयोजना गरेको ‘सङ्घीय गणतन्त्रामक शासन व्यवस्था, विगत र वर्तमानको समीक्षा आगामी कार्यभार विषयक’ संवाद कार्यक्रममा विभिन्न दलका प्रतिनिधिले मौलिकहक कार्यान्वयनमा जोड दिएको हो ।

राष्ट्रियसभाका सांसद कृष्णप्रसाद सिटौलाले गणतन्त्रको मूल्यमान्यता संस्थागत गर्नका लागि संविधानमा व्यवस्था भएका मौलिक हकको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । संविधान कार्यन्वयन गर्न विभिन्न विषयमा विधायन बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

“मौलिक हक कार्यन्वयन गर्न निःशुल्क शिक्षा, आवासको हक, पछाडि परेका वर्गको हकअधिकार सुनिश्चित गर्नुपर्ने, बालबालिकाको हक, स्वतन्त्रताको हक सुनिश्चित नभएको अवस्थामा मौलिकहक कार्यन्वयन भएको मानिँदैन । यस्तो अवस्थामा गणतन्त्रको संस्थागत हुनसक्दैन”, सांसद सिटौलाले भने, “गणतन्त्रले ल्याएको संविधान निर्माणपछि कार्यन्वयन के भयो गणतन्त्रका उपलब्धि केके भए नागरिकले गणतन्त्रको प्रत्याभूति गर्न पाए या पाएनन् रु यस विषयमा समीक्षा हुनु जरुरी छ ।”

गणतन्त्रको मूल्यमान्यता संस्थागत गर्ने सन्दर्भमा भएका समस्यालाई समीक्षा गर्दै निराकणका उपाय खोजी गर्नुपर्नेमा उनले जोड दिए । गणतन्त्र ल्याउन भूमिका खेल्ने सम्पूर्ण राजनीतिक दलका नेताले गणतन्त्रका मूल्यामान्यता संस्थागत गर्न सचेत रहनुपर्ने सिटौलाको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले धर्मनिरपेक्षता, समावेशी, समानुपातिक सिद्धान्त, वाक स्वतन्त्रता, समृद्धिलगायत विषय गणतन्त्रका उपलब्धि भएको जानकारी गराउँदै पूर्णरुपमा कार्यन्वयनमा जुट्नुपर्नेमा जोड दिए ।

“गणतन्त्रका उपलब्धिको सदुपयोग मात्रै नभएर यसको दुरुपयोग पनि भएको छ । समावेशी तथा समानुपातिक सिद्धान्त पहुँचवाला र नेताका आफन्तको पहुँचमा छ । वास्तविक पीडितले भने गणतन्त्रले ल्याएका उपलब्धिको फाइदा लिन पाएनन्,” उनले भने, “यसको सदुपयोग भएन भने गणतन्त्रका लागि ज्यान बालिदान दिने हाम्रा सहिदले धिर्काने छन् ।” राज्यले प्रत्येक नागरिकलाई गाँस, बाँस, कपास तथा निःशुल्क शिक्षाको सुनिश्चित गरेमा मात्रै गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्न सकिनेमा पौडेलको जोड रहेको छ ।

पूर्वमन्त्री एवं नेकपा समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले पनि गणतन्त्र आएपछि समाजका धेरै पक्षमा सुधार आएको भन्दै पूर्णरुपमा भने गणतन्त्र संस्थागत गर्न आवश्यक रहेकोमा जोड दिएको छ ।

“गणतन्त्रकै कारण आज मुलुकमा परिवर्तन आएको छ, विगतले फर्केर हेर्ने हो भने हिजोभन्दा आज समाज परिवर्तनशील बन्दै गइरहेको अवस्था छ”, उनले भने, “संविधानले व्यवस्था गरेको मौलिकहक र राज्यका निर्दिष्ट गरेका सिद्धान्त गणतन्त्रका उपलब्धि भए, यिनिहरुको प्रभावकारी कार्यन्वयनमा हामी सबै लाग्नुपर्छ ।”

उनले राजनीतिक अस्थिरताको आरोप लगाउँदै विदेशिने युवालाई मुलुकमा नै परिवर्तन आइसकेको भन्दै स्वदेशमै अवसर खोज्नुपर्ने सुझाव दिए । राजनीतिमा आएको परिवर्तनका कारण सदनमा युवा वर्गको सहभागिता बढ्नु नै अर्को गणतन्त्रको उपलब्ध रहेको झाँक्रीले प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका