सतिघाटु नाच जोगाउँदै गुरुङ समुदाय, यस्तो छ यसको महिमा

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
105 Shares
रसुवा

रसुवामा लोप हुने अवस्थामा  रहेको सतिघाटु नाच जोगाउँदै प्रत्येक वर्ष वैशाख पूर्णिमा बुद्ध जयन्तीका दिन भव्यताका साथ मनाउँदै आइरहेको छ ।

उतरगया गाउँपालिका वडा नम्बर २ डाँडा गाउँ  र वडा नम्बर ३ ठुलो गाउँका गुरुङ समुदायहरू यो नाचलाई बचाउन लागिपरेका छन् ।

घाटु नाचमा दुई कुमारीलाई सिँगार पटार  गरेर नचाउने प्रचलन छ । तीन दिनसम्म मनाइएको घाटु नाच बुद्ध जयन्ती अर्थात् जेठ १० देखि १२ गतेसम्म गरिएको थियो ।

रजस्वला नभएको कुमारीहरूलाई देवीदेवताको पूजा आराधना गरेपछि कुमारीहरूको शरीरमा देवताले बास गर्छन् ।

नाच अवधिभर गीतको सुर र तालको विशेष ख्याल गरिन्छ । स्थानीय गुरुहरूले प्रार्थना गरेपछि देवताले प्रवेश गरेका घाटुलिहरूको आँखा बन्द हुन्छ र नाच्न थाल्दछन् ।अन्तमा गुरुले आराधना गरेर मात्रै घाटुलेलाई पहिले अवस्थामा नै ल्याएर सतिघाटु नाच समापन भएको मानिने उतरगया गा,पा को उपाध्यक्ष चमेली गुरुङले जानकारी दिइन् ।

यस ठाउँको विशेष पहिचान तमु ल्होसार, सोरठी र सतिघाटु हो । घाटु नाचमा राजारानीको जिवन्त कथालाई प्रस्तुत गरिने उतरगया गा,पा वडा नम्बर ३ का वडा सदस्य बमबहादुर गुरुङले बताए  । नौकुण्डमा पनि गुरुङ वस्तिहरू रहेका छन् ।

सतिघाटु नाचको  महिमा र महत्त्व 

१६ अ‍ौ शताब्दी ताक लमजुङबाट आएको हो भन्ने प्रचलन पनि रहेछ । यस सतिघाटुको मुख्य विषय भनेको एक राजा रानीको दाम्पत्य जीवन,प्रेम,गृहस्थी ,राजकाज,पुत्र बढाइँ जङ्गलमा सिकार,लडाई र मृत्यु को कथा रहेको छ । आफ्नो परम्परागत संस्कृति को जगेर्ना र शान्ति को कामना गरी दुई कन्या हरूलाई घाटुमा झुलाएर नचाइन्छ । पतिको मृत्युपछि पत्नी पनि सति जाने र घाटमा एकैसाथ सेलाएर टुङ्गने भएकाले पनि घाट हुँदै घाटु भनिएको किंवदन्ती रहेको छ ।

घाटुमा राजा परशुराम र रानी चम्पावतीको कथावस्तु रहेको हुन्छ। घाटु नाच्नका लागि रजस्वला नभएका दुई कन्या छानिन्छन् र उनीहरू बर्सेनि तीन वर्षसम्म नाच्छन्। बिचमा रजस्वला भएमा अर्को कन्याको खोजी हुन्छ। कन्याहरूलाई घाटु नाच्नु अघि गुरुहरूले अक्षताले विभिन्न देवताको नामले पूजा गरेपछि घाटु नाच्ने कन्याहरूको आँखा बन्द हुन्छन्। यसलाई देवी चढेको मानिन्छ। सिँगारिएका घाटुनीहरूको आँखा खुल्दैनन्। उनीहरू नाचिरहन्छन् दिनभरि सुसारेहरूले सिँगार गरिरहन्छन् कपडा झरे वा अन्य केही सौन्दर्य बिग्रिएमा मिलाइरहेका हुन्छन्।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका