चिनियाँ राष्ट्रपति सी जिनफिङ शनिबार आज काठमाडौंमा अवतरण हुदैछ ।
राष्ट्रपति सी विशेष विमानबाट उत्रेलगत्तै राष्ट्रपति भण्डारीले स्वागत गर्नेछ । र त्यसपछि सीको सम्मानमा नेपाली सेनाबाट सम्मानगारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम छ ।
राष्ट्रपति सीको भ्रमणलाई विशेष स्वागत र सम्मानको सन्देश दिन विमानस्थलमै गार्ड अफ अनरको कार्यक्रम राखेर त्यहीं कार्यकारी प्रधानमन्त्रीसहितको उपस्थिति हुन लागेको हो ।
शनिबार
- अपराह्न ४ः० बजे – त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण
- साँझ ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता
- कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता
- साँझ ७ः३० बजे राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सीको सम्मानमा रात्रिभोजको आयोजना
आइतबार
- बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग भेटवार्ता
- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता र समझदारी पत्रमा हस्ताक्षर
- दिउँसो १२ः३० बजे स्वदेश फिर्ता
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1