‘कोन्ज्योसोम प्रतिमा’को उद्घाटन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
ललितपुर

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको ‘कोन्ज्योसोम प्रतिमा’को उद्घाटन गरिएको छ । २०८१ जेठ १० गते बुद्ध जयन्तीको दिन कोन्ज्योसोम प्रतिमाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरिएको हो ।

गाउँपालिकाले गाउँ गौरवको योजना अन्तर्गत कोन्ज्योसम प्रतिमा सम्पन्न भएको गाउँपालिका अध्यक्ष कृष्णमान लामाले बताए । उनले भने,‘गाउँपालिकाको यो योजना नमुनाको रूपमा रहेको छ ।’

कोन्ज्योसोम गाउँपालिका ललितपुरको अग्लो स्थानमा रहेको छ । ‘स्वयम्भूमा रहेको बुद्धको मूर्ति ४६ फिटको छ भने कोन्ज्योसोममा रहेको तीन बुद्धको मूर्तिमध्ये बिचको मूर्ति ५६ फिटको रहेको जनाइएको छ । यसै गरी दायाँबायाँ ५२ फिटको बुद्धको मूर्तिको निर्माण गरिएको छ।

गाउँपालिकाको नाम यही कोन्ज्योसोमकै नामबाट राखिएकाले पनि गाउँपालिकाले यसलाई गाउँ गौरवको योजनाको रूपमा राखेको गाउँपालिकाले जनाएको छ ।

कोन्ज्योसोम प्रतिमाको अर्थ बुद्ध धर्मबाट उल्लेख गरिएको छ । लामा भाषाबाट कोन्ज्योसोमको अर्थ बुद्धका तीन रत्न हुन् । बुद्ध रत्न, धर्म रत्न, संघरत्न हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका