चीनबाट ल्याएको घाँस परीक्षण

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
0 Shares
रसुवा

रसुवागढि नाका हुँदै चिनको तिव्वतबाट ल्याईएको १८ प्रजातिको चिनिया घाँसको परिक्षण सुरू गरिएको छ ।

चरण तथा घाँसेबाली अनुसन्धान केन्द्र धुन्चेका प्रमुख पुर्णभन्द्र चापागाईका अनुसार अल्फा, कक्सफुड, राई, जै लगाएतका १८ जातका घाँस तिव्वतवाट ल्याईएको हो । सदरमुकाम धुन्चे, चन्दनबारी र लाङटाङको क्याङजिङमा घाँस परिक्षण गर्न थालिएको बताए । प्रमुख चापागाईंले भने, ‘हिमालि क्षेत्रमा परिक्षण गर्न पाउने सहमति पत्रमा उल्लेख भए अनुरूप नै चिनको तिव्वतवाट त्यहा हुने घाँसको बीउ ल्याई बढीभन्दा बढी उत्पादनमा बृद्वि गराउने उदेश्यले परिक्षण सुरूवात गरिएको हो ।

परिक्षण गर्न लागिएको घाँस मध्ये नौ वटा जै घाँसको जात रहेको छ । यो परिक्षण सन् २०२१ को मार्चसम्म चल्नेछ, उनले भने ।

यो हिमाली क्षेत्रमा घाँस परिक्षण गर्न नेपाल र चिन सरकारबिच सन् २०१६ मै सहमति भएको हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका