वाग्मती प्रदेशसभा बैठक

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
मकवानपुर

वाग्मती प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख यादवचन्द शर्माद्वारा प्रस्तुत  सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम टेबुल गरे ।
प्रदेशसभाको आजकै बैठकमा प्रमुख शर्माले सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रमलाई सार्वजनिकीकरण गर्नुभएको थियो । बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकामा प्रदेश प्रमुख शर्मालाई धन्यवाद प्रस्ताव पारित समेत गरेको थियो ।
उक्त प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले बैठकमा निर्णयार्थ प्रस्तुत गरेका थिए । सभामुख पाठकले प्रदेशसभाको अर्को बैठक यही जेठ १६ गते दिउँसो ३:३० बजे बस्ने गरी स्थगित गरे ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका