‘मिस्टर तामाङ–२०२४’ को प्रतिस्पर्धीमा दोलखाबाट प्रतिनिधित्व गर्दै लोप्चन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
91 Shares
काठमाडौं

दोलखाबाट राजधानीमा सञ्चारकर्मी एवं कलाकारिता क्षेत्रमा सक्रिय हिरोज लोप्चन ‘मिस्टर तामाङ–२०२४’ को पहिलो संस्करणको प्रतिस्पर्धामा सहभागी भएका छन् ।

मम्स इन्टरनेशनलको आयोजनामा हुन लागेको प्रतियोगिताको उनी सातौँ नम्बरका प्रतिस्पर्धी हुन् ।

जिरी नगरपालिका–८ त्रिशुलेका लोप्चन आफ्नो समुदायको कला, संस्कृति, सभ्यता र इतिहासलाई शालीन तथा निर्भीक रूपमा नेतृत्व गर्छु भनेर प्रतिस्पर्धामा सहभागी भएको बताउँछन् ।

प्रतियोगितामा लोप्चनसहित ओम सिंह स्याङ्बो तामाङ, विश्वराज स्याङ्बो लगायतका १५ जना युवा प्रतिस्पर्धीहरू सहभागी छन् । उपाधिसम्म पुग्न सबैको साथ र समर्थन मिल्ने उनको आशा छ ।

उनी रेडियोकर्मी हुँदै हाल तामाङ पत्रकार सङ्घ काठमाडौँका सचिव तथा जन सांस्कृतिक महासङ्घ बागमती प्रदेश सचिवालय सदस्य समेत हुन् ।

अहिले खुल्लापत्र अनलाइन पोर्टल सञ्चालन गरेर पत्रकारितालाई समेत उनले अगाडि बढाएका छन् ।

प्रतियोगिताका विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । फस्र्ट रनर अप र सेकेन्ड रनरअपले क्रमशः ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको ग्राण्ड फाइनल यही जेठ २९ गते जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका