रसुवाको ५ गाउँपालिका भएको जिल्लामा सबैभन्दा कम बेरुजु उतरगया गाउँपालिका रहेको छ ।
महालेखा परीक्षकको कार्यालयले ६१ अौँ वार्षिक प्रतिवेदन स्वरूप आर्थिक वर्ष २०७९/८० को लेखाजोखा प्रतिवेदन विवरण सार्वजनिक गर्दै सबैभन्दा कम उतरगया र सवै भन्दा बढी बेरुजु कालिका गाउँपालिका मा देखिएको हो ।कालिकाको बेरुजु ४ दशमलव २४ प्रतिशत रहेको छ ।उतरगयाको सबैभन्दा कम बेरुजु शून्य दशमलव ६० प्रतिशत रहेको छ ।
यस्तै गोसाईंकुण्ड गाउँपालिका को बेरुजु १ दशमलव ८५ प्रतिशत छ भने नौकुण्ड गाउँपालिका को २ दशमलव २३ प्रतिशत रहेको छ ।आमाछोदिङमो गाउँपालिका को बेरुजु ३ दशमलव ५३ प्रतिशत रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
कार्यालयले देशैभरिका ७ सय ५३ मध्ये ४ सय ४८ गाउँपालिका हरूको सार्वजनिक गरेको छ ।सबभन्दा धेरै बेरुजु भएको एउटा पालिका को बेरुजु १५ प्रतिशत सम्म रहेका छन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1