अर्थमन्त्री पुनद्वारा आव २०८१/८२ को बजेट प्रस्तुत

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
7 Shares
काठमाडौं

अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१र८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुति सुरु गरिएको छ ।

यसअघि आज दिउँसो १ बजेका लागि निर्धारित संसद्को संयुक्त बैठक दुई घण्टा पर अर्थात् अपराह्न ३ बजेका लागि सारिएको थियो । सहकारीको रकम हिनामिनाका सम्बन्धमा नेपाली काङ्ग्रेसलगायतका प्रतिपक्षी दलले संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आएका थिए । सोही समिति गठनको कार्यादेश टुङ्गो लगाउनका लागि आजको बैठक दुई घण्टा पर सारिएको थियो ।

उक्त समिति गठन र सोको कार्यक्षेत्रमा प्रमुख दलहरूबिच सहमति जुटेपछि संसद्को गतिरोध अन्त्य भएको छ ।

संयुक्त बैठकपछि आजै दुवै सदनका बेग्लाबेग्लै बैठक बस्नेछन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया