गाजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था गरिने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
7 Shares
काठमाडौं

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले औषधि प्रयोजनका गाजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था गर्ने घोषणा गरेका छन् ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले औषधि प्रयोजनका लागि गाजाको व्यावसायिक उत्पादनको कानुनी व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

“औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ”, उनले भने ।

अघिल्लो बजेटमा पनि यस्तै घोषणा गरिएको भएपनि यस बारे कुनै पहल या कार्यान्वयन भने हुन सकेन ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया