काठमाडौँ । कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ ल्याइएको छ ।
सिरोहियाको मुटुको समस्या बढेपछि आज हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो । उनलाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचार गरिँदै छ ।
नागरिकता किर्ते कसुरमा उनी काठमाडौंस्थित् कान्तिपुरको मुख्यालय थापाथलीबाट पक्राउ परेका उनलाई गत मङ्गलवार राति धनुषा लगिएको थियो ।
अदालतले पटक पटक म्याद थपेर प्रहरीलाई अनुसन्धानको लागि अनुमति दिँदै आएको छ । उनलाई अहिलेसम्म तीन पटक ३-३ दिनको लागि म्याद थप गरिएको छ ।