‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान चलाइने, ९ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणाली थपिने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडौं

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले ‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।

मङ्गलवार अर्थमन्त्री पुनले आर्थिक आवको बजेट प्रस्तुत गर्दै ‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

साथै उनले स्थानीय तहमा ज्येष्ठ नागरिक मिलन केन्द्र विस्तार गर्दै लगिने बताउँदै सातै प्रदेशमा सुविधा सम्पन्न वृद्धाश्रमको स्थापना गरिने घोषणा गरेका छन् ।

आगामी आवमा ९ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणाली थपिने

पुनले आगामी आर्थिक वर्षको बजेटमा बङ्गलादेशलाई विद्युत् निर्यात गर्ने घोषणा गरेका हुन् । उनले सरकारले आगामी आर्थिक वर्ष ९ सय मेगावाट विद्युत् थप गरेर राष्ट्रिय प्रणालीको विद्युत् क्षमता चार हजार ६ सय मेगावाट पुर्‍याइने लक्ष्य पनि लिएको छ । अर्थमन्त्री पुनले विद्युत् प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्रलाई सहभागी गराउने गरी कानुनी प्रबन्ध गर्ने बताए ।

उनले भने- ‘आगामी आर्थिक वर्ष ९ सय मेगावाट विद्युत् थप गरी राष्ट्रिय प्रणालीको विद्युत् क्षमता ४ हजार ६ सय मेगावाट पुर्‍याइनेछ । प्रतिव्यक्ति विद्युत् खपत ४५० युनिट पुर्‍याइनेछ । आगामी आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था मिलाइनेछ । विद्युत् प्रसारण लाइन निर्माण र वितरण कार्यका निजी क्षेत्र पनि सहभागी हुने गरी कानुनी प्रबन्ध गरिनेछ । जलाशययुक्त जलविद्युत् आयोजना, बाँध र विद्युत् गृह छुट्टाछुट्टै तवरबाट निर्माण गर्ने गरी निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गरिनेछ । सुक्खायामको मागलाई पूर्ति गर्न १२ सय मेगावाट क्षमताको बूढी गण्डकी, ६७० मेघावाटको दूधकोशी र ४१७ मेघावाटको नलसिंहगाड जलविद्युत् आयोजना तथा दुई सय मेगावाटको नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु गरिनेछ ।’

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षभित्र १२ सय मेगावाट क्षमताको बूढी गण्डकी, ६७० मेघावाटको दूधकोशी र ४१७ मेगावाटको नलसिंहगाड जलविद्युत् आयोजना तथा दुई सय मेगावाटको नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु गरिने पनि बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया