द्रुतमार्गलाई २२ अर्ब ५४ करोड बजेट, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ८६ अर्ब २४ करोड

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
काठमाडौं

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाको लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको बताएका छन् ।

मङ्गलवार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै द्रुतमार्ग आयोजनाको लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको बताएका हुन् ।

उनले द्रुत मार्गमा आगामी आर्थिक वर्ष थप एक सुरुङ निर्माण सम्पन्न गरिने बताए । नेपाली सेनाले बनाइरहेको द्रुत मार्ग २०८३ चैत मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ८६ अर्ब २४ करोड

आगामी आर्थिक वर्ष २०८१र८२ का लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ८६ अर्ब २४ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री वर्षामान पुनले आव २०८१र८२ का लागि प्रस्तुत गर्नुभएको बजेटमा उक्त मन्त्रालयका लागि रु ८६ अर्ब २४ करोड विनियोजन गरिएको जानकारी दिए ।

आगामी बजेटमा आधारभूत तथा अत्यावश्यक उपचार सेवालाई सर्वसुलभ र निःशुल्क बनाउने मन्त्री पुनले बताए । उनले आधारभूत अस्पताल निर्माणका लागि रु १५ अर्ब ४१ करोड विनियोजन गरिएको जानकारी दिए ।

मन्त्री पुनका अनुसार विभिन्न आठ प्रकारका कडा रोगलाई रु एक लाख बराबरको रु तीन अर्ब बजेट विनियोजन गरेको छ । खोप, प्रजनन र ९८ वटा औषधि निःशुल्क प्रदान गर्न रु एक अर्ब ४३ करोड, आमा सुरक्षा र मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि रु तीन अर्ब छ करोड विनियोजन गरिएको छ ।

क्यान्सर, मेरुदण्ड र पक्षघातलगायत रोगको उपचार, मृर्गौला प्रत्यारोपण र डायलासिस सेवा लिइरहेका बिरामीलाई औषधि उपचार खर्चबापत दिइँदै आइएको मासिक रु पाँच हजार सम्बन्धित व्यक्तिको खातामा नै जम्मा हुने व्यवस्था मिलाएको बजेटमा प्रस्तुत गरिएको छ । यसका लागि रु दुई अर्ब विनियोजना गरिएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका