आगामी वर्षका बजेट १८ खर्ब ६० अर्ब ३० करोड (पूर्णपाठ)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौं

ठमाडौँ । सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मङ्गलवार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको २०८१/८२ को बजेट प्रस्तुत गरेका हुन् ।

कूल विनियोजनमध्ये सरकारले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यो कूल बजेटको ६१.३१ प्रतिशत हो । विनियोजन कूल बजेटमध्ये पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गरेको छ । यो कूल बजेटको १८.९४ प्रतिशत छ ।

यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरेको छ । यो १९.७४ प्रतिशत हो । यो खर्च अनुमान चालू वर्षको तुलनामा ६.२ प्रतिशतले बढी हो । र, संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशत बढी हो ।

अर्थमन्त्री बर्षमान पुनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागि ८७ करोड बजेट विनियोजन गरेका छन् । अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८७ करोड बजेट छुट्याएको घोषणा गरेका हुन् ।

राष्ट्रपति शैक्षिक सूधार कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले हालै खारेज गरेकी थिईन् ।

आगामी आर्थिक वर्षदेखि उक्त कार्यक्रमका लागि विनियोजन गरिने बजेट सिधै स्थानीय तहमा पठाउने गरी चालु आर्थिक वर्षको कार्यक्रम स्थगित गरिएको शिक्षा मन्त्रालयले जनाएको थियो । मन्त्री श्रेष्ठले खारेज गरेको घोषणा गरेको कार्यक्रम अर्थमन्त्री पुनले ब्यूँताएका हुन् ।

तपाईको प्रतिक्रिया