गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीद्वयद्वारा शपथ ग्रहण

शपथ ग्रहण

गण्डकी
मुख्यमन्त्री पाण्डे-शपथ ग्रहण अन्नपूर्ण(कास्की), १६ जेठ : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मङ्गलबार पोखरामा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष शपथ ग्रहण गर्दै । तस्बिर : धनबहादुर गुरुङ/रासस

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहित दुई जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पोखरा सभागृहमा आयोजित विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

समारोहमा प्रदेश प्रमुख भट्टले नवनियुक्त आर्थिक मामिलामन्त्री डा टकराज गुरुङ र ऊर्जा जलस्रेत खानेपानी, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापालाई पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराए । मन्त्री थापा यसअघि कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारमा प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी बहन गरिसकेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया