रसुवामा १ सय २ कुकुरलाई बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाइयो

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
189 Shares
रसुवा

रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा घरपालुवा तथा सडकमा डुल्ने कुकुरहरूको बन्ध्याकरणका साथै रेबिज विरुद्धको खोप लगाइएको छ ।

गोसाईंकुण्ड गाउँपालिका पशु शेवा शाखाको आयोजना तथा नेपाल एनिमल वेलफेयर एन्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सो कार्य गरेका हुन् ।  

विभिन्न रोग लागेका, छाडा कुकुरहरू, सङ्क्रमित र असर घरपालुवा  कुकुर र आम मानिसहरूलाई समेत पर्ने भएकाले रोकथाम तथा सङ्क्रमण नफैलियोस् भन्नको लागि ३ दिने कुकुर बन्ध्याकरण तथा रेबिज विरुद्ध खोप विरुद्ध शिविर गरेको पशु शेवा शाखा प्रमुख अनोज वास्कोटाले जानकारी दिए ।

ठाडे, सोले, धुन्चे गरी १ सय २ छाडा तथा घर पालुवा कुकुरको बन्ध्याकरण गरिएको छ ।

शाखा प्रमुख बास्कोटा भने, ‘५ जना पशु  विशेषज्ञ टोलीले गोसाईंकुण्ड ६ वरपरका १ सय २ कुकुरलाई बन्ध्याकरण गरी रेबिज विरुद्धको खोप लगाएपछि यसले केही हदसम्म रोगको नियन्त्रण हुन्छ ।’

जथाभाबी मानिसलाई भुक्ने, लखेट्ने, टोक्ने जस्ता गतिविधि धेरै भएपछि र छाडा रूपमा रहेका कुकुरको जनसङ्ख्या धेरै बढ्ने र झनै आतङ्क हुने भएपछि ५४ पोथी कुकुर र ४८ भाले कुकुरलाई बन्ध्याकरण गरी रेबिजको खोप लगाइएको हो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका