गायक तथा सङ्गीतकार रेशमकुमार स्याउली तामाङद्वारा निर्देशित तामाङ गीत सेमला ग्लेखाङको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
बुधवार तामाङ घेदुङको सभा हलमा एक कार्यक्रम आयोजना गरी सो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
गीतको शब्द र सङ्गीत स्याउलीको रहेका छन् । गीतमा स्वर वाङ पाख्रिन तामाङ र लक्ष्मी डिमडुङ तामाङले दिएका छन् ।
राजु खड्काद्वारा सङ्गीत संयोजन गरेका गीत छायाङ्कन सन्चु थोकरले गरेका हुन् ।
माया पिरतीले भरपूर्ण सजिएको भिडियोमा वाङ पाख्रिन लामा, याङ्गी दोङ तामाङ, माया थोकर, अभिनाश बल तामाङ, सुदिप पाख्रिन लामा र स्याउलीले फिचरिङ गरेका छन् ।
भिडियोको कलर करेक्सन सौखिन तिमिल्सिनाले गरेका छन् ।
भिडियोको पात्र याङ्गी दोङ र वाङ लामाको मायाको डोरी जनम जनमसम्म बाचा गरेको दृश्यावलोकन गर्न सकिन्छ । त्यस्तै एक अर्काले दिलको दरबारमा राजा बनाइ राख्ने वचनबद्धता गरिएको माया पिरतीको भाव देखाइएको छ ।
कार्यक्रममा स्व. लिली योन्जनको ४९ औँ पुण्य तिथिमा श्रद्धाञ्जली सभा गरेका थिए । स्व. योन्जनको ‘मुडेको बजार’, ‘ल्हारी गोठे’, ‘घ्यामरीम ब्राबा आङीला झामे’ लगायत थुप्रै गीतहरू चर्चित छन् ।
स्व. योन्जनलाई तामाङ कलाकार सङ्घले सेलो सम्मान र स्याउली इन्टरटेन्टमेन्टले ‘दुङाल गीति सम्मान’ र गौतमबुद्व म्युजिक अवार्डबाट सम्मान गरेको थियो ।
स्व. योन्जनको अन्तिम गीत ‘यो मुडेको बजारमा’ शब्द र सङ्गीत छन् ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक एवं सङ्गीतकार चन्द्रकुमार मोक्तानले स्व. योन्जन गीत सङ्गीतप्रति जीवन समर्पित गरेको बताएका छन् । उनले सम्पूर्ण जीवन साङ्गीतिक यात्रा बिताएको स्मरण गरे । उनले भने,‘उनका गीतहरू सदाबहार सन्देशमूलक रहेछ ।’
कार्यक्रममा मुर्छना रेकर्डिङ स्टुडियोका सञ्चालक गायक एवं सङ्गीतकार विशाल योन्जनले स्व. लिली योन्जनलाई सबैले सम्झिनुपर्ने बताए । उनको निधनले तामाङ गीत सङ्गीतमा अपूरणीय क्षति पुगेको बताए ।