ग्याबा उत्थान सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन, अध्यक्षमा काजीमान, ९ बुँदै घोषणापत्र जारी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
609 Shares
काठमाडौं

ग्याबा तामाङ उत्थान सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । बुधवार पत्रकार सम्मेलन गरी सम्मेलनको जानकारी दिएका हुन् ।

सम्मेलनबाट अध्यक्षमा काजीमान ग्याबा तामाङ, वरिष्ठ उपाध्यक्षत्रय रामकाजी ग्याबा तामाङ, तारा ग्याबा तामाङ र विक्रम ग्याबा तामाङ रहेका छन् । त्यस्तै महासचिव महेश ग्याबा तामाङ, सचिवहरू उत्तम ग्याबा तामाङ, विकास ग्याबा तामाङ, शोभा ग्याबा तामाङ, कोषाध्यक्ष रमेश ग्याबा तामाङ र सह–कोषाध्यक्ष वीरेन्द्र ग्याबा तामाङ रहेका छन् ।

सदस्यहरू धनबहादुर ग्याबा तामाङ, अनिल ग्याबा तामाङ, तुलबहादुर ग्याबा तामाङ, कालेबहादुर ग्याबा तामाङ, बुद्धबहादुर ग्याबा तामाङ, मदन ग्याबा तामाङ, अङ्कबहादुर ग्याबा तामाङ, कुमार ग्याबा तामाङ, सरोज ग्याबा तामाङ, रबी ग्याबा तामाङ, दलबहादुर ग्याबा तामाङ, ज्ञानकुमार ग्याबा तामाङ, ओमराज ग्याबा तामाङ, राजु ग्याबा तामाङ, उमा ग्याबा तामाङ, लालबहादुर ग्याबा तामाङ, बुद्धिमान ग्याबा तामाङ, मिरा ग्याबा तामाङ, गङ्गाबहादुर ग्याबा तामाङ, प्रेम ग्याबा तामाङ, उत्तम ग्याबा तामाङ र गीता माया ग्याबा तामाङ रहेका छन् ।

ग्याबा वंश ग्यानक ह्युल्सा राज्यका ग्यानाचि गोन्पा र सुनागोन्पा भन्ने देशमा १८ वटा राज्यलाई एकीकरण गरी राजगद्दी राज्यारोहण गर्ने ग्याबा म्हेमे पुर्खाहरू क्रमशः १० ग्याना ग्याल्बो २० बज्र हुरगी ग्याल्बो ३० चि ग्याल्बो ४० घ्याचु ग्याल्बो ५० पेकर ग्याल्बो ६० टुकु ग्याल्बोको दर सन्तान हामी ग्याबा ह्रुई (थरी) को एक विशिष्ट ग्याबा वंश हो ।

उक्त पुर्खा ९म्हेमे० १० ग्याना ग्याल्बो २० बज्र हुरगी ग्याल्बो ३० चि ग्याल्बो ४० घ्याचु ग्याल्बोले सुनकै गोईलो लगाउने, चाँदीको फुरुमा भोजन गर्ने र हिरा मोतीको करुवामा पानी पिउने हाम्रो ग्याबा पुर्खाको ईतिहास रहेको छ । ग्याबाको ह्रुइगी फोला (कुल देवता) – ग्यानक ग्याल्साला ग्याबा बाब्सा, रुईकी फोला ग्याल्गी घुर, माक्पोचन, पेकर ग्याल्बो, दाम्जेन दोर्जे लेक्पा, कोन्ज्यो चिदुई तेन्बा चिम (हो) । ग्याबा पुर्खाहरूको ऐतिहासिक दस्ताबेजको आधारमा ग्याबाको पुर्ख्यौली, थातथलो, इतिहास जीवन्त रहेको पाइन्छ । जुन कुरा ग्याबाहरुले कुल पुजा गर्ने बेलामा मौखिक व्याख्यानबाट स्पष्ट हुन्छ ।

राष्ट्रिय सम्मेलन काठमाडौँले ९ बुँदे घोषणा पत्र पारित गरेको छ ।

१। केन्द्र र जिल्ला स्तरमा अक्षयकोषको निर्माण गर्ने

२। ग्याबाहरुको ऐतिहासिक किपट थलो चोथाङमा ग्याबा स्तम्भ निर्माण गर्ने

३। एकीकृत वंशावली निर्माण गर्ने

४। केन्द्रीय ग्याबा भवन बनाउने

५। विश्वभरि छरिएर रहेका ग्याबाहरुको तथ्याङ्क सङ्कलन गरी प्रकाशन गर्ने

६। ग्याबा लगानी कोष निर्माण गरी परिचालन गर्ने

७। ग्याबाहरु बिचको बैमनस्यतालाई निष्पक्ष रूपमा निराकरण गरी मेलमिलापको वातावरण सृजन गर्ने ।

८। ग्याबा तामाङ उत्थान सङ्घलाई अमूल्य सहयोग पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने ।

९। ग्याबाहरुको स्वागेभाई (ङारु) सम्बन्धी ग्याबा, वाइबा, रुम्बा, जिम्बा, टुबा, मार्बा र सुम्बालाई निक्र्यौल गर्ने ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका