तामाकोशी नदीमा सुख्खा पहिरो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
7 Shares
दोलखा

दोलखाको तामाकोशी नदीमा सुख्खा पहिरोको कारण तीन घण्टादेखि थुनिएको छ । पहिरो खसेर बिगु गाउँपालिका १ लामाबगर स्थित क्यालु खोला र देउरालीको बीचमा पहिरो खसेको हो । खोला अहिले आंशिक रुपमा खोलिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए ।

प्रजिअ पोखरेलका अनुसार तामाकोशीमा पानीको वहाव कम रहेको र बिस्तारै नदी खुलेकाले तटीय क्षेत्रमा ठुलो क्षति नहुने बताए ।

पहिरो स्थलबाट बग्न सुरु गरेको पानी तामाकोशीको बाँधस्थलमा आएर भरिनेछ । तर नदी थुनिएर बनेको ताल एकैपटक खुलेमा क्षति हुनेछ ।

तामाकोशी जलबिद्युत आयोजनाको लामाबगर स्थित बाँधस्थलबाट करिब साँढे २ किलोमिटरको दुरीमा रहेको स्थानमा सुख्खा पहिरो खसेको हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया