एनआरएनए क्रोएसियाले मनायो बुद्ध जयन्ती र सगरमाथा दिवस 

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
679 Shares
जाग्रेब, क्रोएसिया
तस्वीर: गगन तामाङ

गैर आवासीय नेपाली संघ समन्वय समिति(एनआरएनए) क्रोएसियाले बुद्ध जयन्तीसँगै अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ । संघले मे ३० तारिख प्रेच्कोस्थित एक हलमा कार्यक्रम गरि बुद्ध जयन्ती र सगरमाथा दिवस मनाएको हो ।

तस्बिर : गगन तामाङ

कार्यक्रमका प्रमुख अतिथि अष्ट्रीयामा रहेका नेपाली दूतावासका प्रमुख (राजदूत) भरत कुमार रेग्मीले एनआरएनए क्रोएसियाले बृहत कार्यक्रम गरि बुद्ध जयन्ती र सगरमाथा दिवस मनाएकोमा धन्यवाद दिए । त्यस्तै प्रमुख अतिथि राजदूत रेग्मीले बुद्ध र सगरमाथाका बारेमा शब्दले मात्र बखान गरेर नपुग्ने बताए ।

त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि राजदूत रेग्मीले क्रोएसियामा रहेका नेपालीहरुसँग सहकार्य गर्न सहजीकरण गरेको एनआरएनए प्रति आभार व्यक्त गरे । राजदूत रेग्मीले क्रोएसिया रहेका नेपालीहरुले राहदानी नवीकरणका लागी केही कठिनाइ रहेको बताए । उनका अनुसार नेपाली दूतावास अष्ट्रीयाले अन्य देशभन्दा क्रोएसियालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छन् । दूतावासमा पनि कामको चाँपले गर्दा प्रविधिक समस्या आइरहेकाले छिटोछरितो राहदानी नवीकरण नभएको राजदूत रेग्मीको भनाई थियो ।

कार्यक्रममा आप्पा कम्पनीका प्रबन्धक निर्देशक तथा युवा समाजसेवी दावा लामाले शुभकामना मन्तव्यका क्रममा क्रोएसियामा घुम्तीसेवा तीन-तीन महिनामा एकपटक  आउनुपर्ने बताए । उनका अनुसार अष्ट्रीयाका राजदूतबासको क्षेत्र अधिकारभित्र पर्ने देश मध्येका क्रोएसियामा नेपाली धेरै छन् ।

त्यस्तै कार्यक्रममा तामाङ समाज क्रोएसियाका अध्यक्ष सनिप लामाले शुभकामना दिदै बुद्ध र सगरमाथाका बारेमा बयान गरेका थिए । उनका अनुसार बुद्ध र सगरमाथाका बारेमा बुझ्न देश-विदेशबाट पर्यटकहरु नेपाल आइरहेका छन् । कार्यक्रममा काठमाडौं मार्टका संचालक, कमलमान गुरुङ, किराँत राई यायोक्खाका अशोक राई, मगर समाज, गोर्खाली समाज, तमु समाज, हिमालयन करि सुदूरपश्चिमेली समाज लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरुले पनि शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई तामाङ समाज क्रोएसियाको विशेष सहयोग रहेका थिए । त्यस्तै आयोजकका अनुसार सुदूरपश्चिमेली समाज, तमु समाज, मगर समाज, किराँत राई यायोक्खा समाज, गोर्खाली समाज, काठमाडौं मार्ट र हिमालयन करि लगायतको समेत विशेष सहयोग रहेको थियो ।

माहिर उद्घोषीका रविना थिङसँगै सुजन पौडेल र हरि घिमिरेले कार्यक्रम संचालन गरेका थिए । त्यस्तै कार्यक्रमका सभापति एनआरएनए क्रोएसियाका अध्यक्ष साइमन लामाले गरेका हुन् ।

तस्बिर : गगन तामाङ

त्यसैगरी लामा गुरु लोप्साङ लामा, कमल लामा योन्जनले पूजापाठबाट सुरु भएको कार्यक्रममा स्थानीय गायिका दीपा गोले `जहाँ छन् , बुद्धका अँखा´ बोलको गीत गाएकी थिइन् । कार्यक्रममा गायक अशोक राई, आरएन घर्ती मगर, बालकृष्ण, अमर महर्जन, बिकास मेचे लगायत अन्य स्थानीय गायकहरुले आआफ्ना प्रस्तुति राखेका थिए ।,

कार्यक्रममा मन्जु राई, सोमती तामाङ, शर्मिला तामाङ, सुरज तामाङ, क्यालियाना तामाङ, बुद्ध तामाङ, ईन्द्र सापकोटा, रेनु तामाङ, बिशाल तामाङ, नोर्बु तामाङ, कृष्ण अर्याल, निरु परियार, सुमन बिष्ट, निरु सिन्जाली र कृष्ण अर्याल लगायतले नृत्य गरेका थिए ।

थप यो पनि

एनआरएनए क्रोएसियाले बुद्ध जयन्ती तथा सगरमाथा दिवस मनाइने

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका