बौद्धनाथ क्षेत्र विकासले छुटेका ज्येष्ठ नागरिकलाई पुन: स्वास्थ्य उपचारमा सहभागी हुन आह्वान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौं

बौद्धनाथ क्षेत्र विकास समितिले ज्येष्ठ नागरिकहरूका लागि स्वास्थ्य प्रवर्द्धन कार्यक्रम गर्दै आएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–६ बासी ज्येष्ठ नागरिकका लागि समितिले गत महिना नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम गरेको थियो ।

त्यसबाट छुट भएका ६८ वर्ष उमेर माथिका ज्येष्ठ नागरिकका लागि पुनः नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्ने सूचना जारी गर्दै समितिको कार्यालयमा आफ्नो नाम दर्ता गराउन अनुरोध गरिएको छ ।

ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्य उपचार गरिनुका साथै स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिनेछ ।

कार्यक्रम स्तुप सामुदायिक हस्पिटल चुच्चेपाटीमा आगामी ज्येष्ठ ३०,३१ र ३२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

यस्ता खाले कार्यक्रमबाट ज्येष्ठ नागरिकहरूको स्वास्थ्य समस्याको बारेमा सचेतना भई स्वास्थ्य स्याहार तथा स्वास्थ्य परीक्षणमा सहयोग पुग्ने समितिका अध्यक्ष राजकुमार लामाले बताए ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका